२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

इजरायलबाट फर्कन चाहने नेपालीलाई सरकारले उद्धार गर्ने

काठमाडौँ– इजरायलस्थित नेपाली दूतावासले नेपाल फर्कन चाहने नेपालीहरूको अनलाइन रजिष्ट्रेशन गर्ने भएको छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार इजरायल सरकारसँग समन्वय गरेर स्वदेश फर्कने नेपालीहरूको विवरण संकलन गरी रजिष्ट्रेशन व्यवस्था गर्ने भएको हो ।

स्वदेश फर्कन चाहने नेपालीलाई उद्धारका लागि नेपाल सरकारले सहजीकरण गर्ने भएको छ ।

दक्षिण इजरायलको किवुज अलिमुममा १० जना नेपालीको मृत्यु भएको दूतावासले जनाएको छ । प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट मृत्यु भएको हो । चार जना नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको दूंतावासले जानकारी दिएको छ । शवलाई नेपाल नेपाल सरकारले प्रबन्ध गर्ने भएको छ ।

दूतावासका अनुसार सम्पर्कविहिन एक जना नेपालीको खोजीकार्य भइरहेको छ । शव नेपाल पठाउन इजरायल सरकारसँग समन्वय गरिरहेको छ ।

इजरायलमा रहेका नेपालीलाई संयमता अपनाउन तथा आवश्कय समन्वय र सहयोग गर्नलाई दूतावासले अनुरोध गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com