२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका संशोधनसहित सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका संशोधनसहित सार्वजनिक भएको छ।

बिहान ११ बजे नै मनोनयन दर्ता सम्पन्न भए पनि त्यसपछिको निर्वाचन कार्यक्रम निर्धारण भएको थिएन।

निर्वाचन समितिका संयोजक सीताराम केसीले बुधबार दिउँसो निर्वाचन कार्यक्रमको संशोधित कार्यतालिका सार्वजनिक गरेका हुन्।

जसअनुसार ४ बजे उम्मेदवारको प्रथम नामावली सार्वजनिक हुनेछ।

त्यसमा दाबी विरोधका लागि साढे ४ बजेसम्म उजुरी दिन सकिनेछ। त्यसमा ५ बजेसम्म छानबिन गरी साँझ ५:०५ बजे उम्मेदवारको नामावली पुनः प्रकाशन गर्ने कार्यक्रम छ।

त्यस्तै उम्मेदवारी फिर्ताको समय ५:०५ बजेदेखि साँझ साढे ५ बजेसम्मको समय निर्धारण गरिएको छ।

अन्तिम नामावली प्रकाशन साँझ ६ बजे हुनेछ।

त्यसपछि बेलुकी ८ बजेदेखि राति ११ बजेसम्म मतदानको समय तोकिएको छ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com