२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

एमाले निर्वाचन परिचालन कमिटीको बैठक बस्दै

एमाले निर्वाचन परिचालन कमिटीको बैठक बस्दै

जनसेवा न्युज डटकम संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को निर्वाचन परिचालन कमिटीको बैठक आज बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्नेछ ।

कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारीहरु, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरु सदस्य रहेका छन् ।

बैठकमा नजिकिँदै गरेको संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी विभिन्न योजना तय गर्ने तयारी छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com