२१ औं शताब्दीको नेपाली समाजवाद कस्तो हुन्छ भनेर महाधिवेशनमा छलफल गर्न गइरहेका छौं : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले रुपान्तरित र क्रान्तिकारी पार्टी निर्माणका लागि महाविधेशन भएको बताएका छन् । आइतबारबाट सुरु भएको ८औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता श्रेष्ठले यस्तो बताएका हुन् ।
त्यस्तै उनले पार्टीको महाधिवेशन औपचारिकता पूरा गर्ने कर्मकाण्ड मात्र नभएको बताउँदै भनेका छन्, हाम्रो पार्टीले राजनीतिक दलसम्बन्धी ऐनको धारा पूरा गर्न र सांगठनिक कर्मकाण्ड पूरा गर्न यो महाधिवेशन गर्न गइरहेका छैनौं ।’
समाजवाद उन्मुख भने प्रष्ट पार्नु छ । २१ औं शताब्दीको नेपाली समाजवाद कस्तो हुन्छ भनेर हामी महाधिवेशनमा छलफल गर्न गइरहेका छौं ।’