२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

६ फागुन, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुको प्रश्नोत्तर हुनेछ ।

यसअघि २४ माघमा बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले ६ फागुनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने जानकारी गराएका थिए । त्यसका लागि उनले फागुन २ गते दिउँसो ३ बजेभित्र संसद सचिवालयमा लिखित प्रश्न उपलब्ध गराउन सांसदहरुलाई भनेका थिए ।

संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा १३ जना सांसदहरुले प्रश्न सोध्ने छन् र ती प्रश्नको जवाफ प्रधानमन्त्री प्रचण्डले दिनेछन् ।

प्रतिनिधिसभा नियमावली २०७९ परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रमको व्यवस्था छ । जहाँ प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ ।

आजको बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बधी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची पनि छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com