काठमाडौं १० मा कांग्रेसका राजेन्द्रकुमार केसी विजयी
काठमाडौं १० मा कांग्रेसका राजेन्द्रकुमार केसी विजयी
जनसेवा न्युज डटकम संवाददाता
काठमाडौं क्षेत्र नं १० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसी विजयी भएका छन् ।
उनले १४ हजार ४५८ मतका साथ विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिसप्रर्स्धी एमाले उम्मेदवार हिमेश केसीले ११ हजार ७८० मत पाएका छन् । काठमाडौं १० बाट केसीको लगातार तेस्रो पटक जित हो ।