पाल्पा–२ मा मतान्तर बढाउँदै ठाकुर गैरे
पाल्पा–२ मा मतान्तर बढाउँदै ठाकुर गैरे
जनसेवा न्युज डटकम संवाददाता
प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन २०७९ अन्तरगत पाल्पाको क्षेत्र नंं. २ मा पनि मतगणना जारी रहेको छ । हालसम्मको नतिजा अनुसार प्रतिनिधि सभातर्फ पाल्पा २ मा नेकपा एमालेका उम्मेदवार ठाकुर गैरे (सूर्य) ले अग्रता लिएका छन् ।
गैरेले ९८९२ मत प्राप्त गरेका छन् भने उनका मुख्य प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डे (कलम) ले ७७१५ मत प्राप्त गरेका छन् । गैरले मतान्तर बढाउँदै गएका छन् । अहिलेको मतान्तर २१७७ रहेको छ । यो क्षेत्रमा ६४२०३ मत खसेको थियो ।