विश्वकपबाट बाहिरिने खतरामा क्यामरुन
विश्वकपबाट बाहिरिने खतरामा क्यामरुन
क्यामरुन सर्बियासँग पहिलो हाफमा १–२ गोलले पछि परेको छ । समूह जी अन्तरगतको खेलमा आज हार बेहोरे क्यामरुन प्रतियोगिताबाट बाहिरिनेछ ।
खेलमा अग्रता भने क्यामरुनले नै लिएको थियो । जिन चाल्र्स क्यास्टेलेटोले खेलको २९ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर, इन्जुरी समयमा दुई मिनेटको अन्तरमा दुई गोल गर्दै सर्बिया खेलमा फर्किएको हो ।
सर्बियाका लागि स्ट्राहिन्जा पाभ्लोविच र सर्जेग मिलिन्कोभिच साभिचले गोल गरे । दुवै टोली यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए ।एजेन्सी