२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

पर्यटनमन्त्री किरातीले होटल व्यवसायीलाई भने ‘नआत्तिनुस् म तपाईँकै साथमा छु’

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले होटल क्षेत्रसँगै समग्र पर्यटन क्षेत्रमा देखिएका समस्याबाट नआत्तिन व्यवसायीलाई आग्रह गरेका छन् ।

होटल संघ नेपाल (हान)को ४८औँ वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै उनले समस्याबाट नडराउन र परिस्थिति सुध्रनेमा ढुक्क रहन आग्रह गरे । उनले भने, ‘तपाईँ व्यवसायी समस्याबाट नडराउनुस् म तपाईँहरुकै साथमा छु, चिन्ता गरेर हैन समाधानको पहल गरेर सफलतातिर अघि बढ्न सकिन्छ ।’

कोरोना महामारीले नराम्ररी थलिएको होटल क्षेत्रका समसामयिक समस्या व्यवसायीले राखेपछि पर्यटनमन्त्री किरातीले सरकारले व्यवसायमैत्री सेवा सहजीकरण र नीगित सुधारका लागि पहल लिएकाले ढुक्कसँग व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।

पर्यटनमन्त्री किरातीले मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि नीतिगत सुधारदेखि योजनाबद्ध कार्यक्रम अघि बढाइने विश्वास दिलाए । उनले व्यवसायमैत्री समय सापेक्ष ऐन नहुँदा लगानीकर्ताले निकै शास्ती बेहोर्नुपरेको भन्दै ऐन कानुन एकद्वार प्रणालीको हुनुपर्नेमा जोड दिए ।

मन्त्री किरातीले पर्यटनको महत्वपूर्ण पाटोको रुपमा रहेको होटल क्षेत्रको विकासका लागि नीतिगत सुधार जरुरी भएको उल्लेख गरे । उनले तराईका ठूला विमानस्थलमा एटिआर जहाज सहज रुपमा सञ्चालन गर्न, विभिन्न विमानस्थलबाट भारतका गन्तव्यमा सहज उडान गर्न र अन्य साना विमानस्थलको स्तरोन्नति गर्न मन्त्रालय लागि परेको जानकारी दिए ।

“प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोडेर लैजानुपर्छ, विश्वले फोटोकपी गर्न नसक्ने सगरमाथा र गौतमबुद्धको जन्मस्थल लुम्बिनी नेपालमै छन्, यीलगायत अन्य सम्पदाको संरक्षण र प्रवद्र्धन गरी पर्यटक आकर्षण गर्न सकिन्छ”, पर्यटनमन्त्री किरातीले भने । उनले पर्यटन क्षेत्रका नयाँ आयामको खोजी गरी बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने कार्यक्रम जरुरी रहेको उल्लेख गरे ।
रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com