रामोसको गोलमा पोर्चुगलको अग्रता
रामोसको गोलमा पोर्चुगलको अग्रता
जनसेवा न्युज डटकम संवाददाता
विश्वकप फुटबलको प्रि–क्वटारफाइनल खेलमा गोन्कालो रामोसले गोल गर्दै पोर्चुगललाई स्वीजरल्यान्डविरुद्ध अग्रता दिलाएका छन् ।
लुसेइल स्टेडियममा भइरहेको खेलको १७औं मिनेटमा रामोसले गोल गर्दै टिमलाई १–० गोलको अग्रता दिलाएका हुन् । उनले जाओ फेलिक्सको पासमा गोल गरे ।