२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

एसीसी प्रिमियर कप : हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ- नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

समूह ‘ए’ अन्तर्गत सोमबार हङकङलाई ८ विकेटले पराजित गर्दै नेपाल एक खेलअगावै अन्तिम चारमा पुगेको हो । नेपालले यसअघिका दुवै खेल जितेको थियो ।

सोमबारको खेलमा १ सय १५ रनको लक्ष्य नेपालले १२ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि आशिफ शेखले ४० रन तथा कुशल भुर्तेलले ३२ रन जोडे । कप्तान रोहित पौडेलले २५ रन तथा सन्दीप जोराले १९ रन बनाए ।

हङकङका लागि एहसान खान र यासिम मुर्ताजाले १-१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले तय गरिएको १७ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय १४ रन बनायो ।

हङकङका लागि अन्सुमन रथले ३४ रन तथा कप्तान निजाकत खानले १२ रन बनाए । जिसन अलीले १४ रन जोडे ।

नेपालका लागि अविनाश बोहराले ३, ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले २-२ तथा करण केसीले १ विकेट हात पारे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com