२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

नेकपा एकीकृत समाजवादीद्वारा मकवानपुर क्षेत्र २ मा उम्मेदवार सिफारिस

नेकपा एकीकृत समाजवादीद्वारा मकवानपुर क्षेत्र २ मा उम्मेदवार सिफारिस

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले मकवानपुरको क्षेत्र नम्बर २ मा उम्मेदवार सिफारिस गरेको छ । पार्टीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ कमिटीको बैठकले प्रतिनिधीसभा र प्रदेश्सभामा उम्मेदवार सिफारिस गरेको हो ।

पार्टीको २ नम्बर कमिटीको निर्णय अनुसार मकवानपुर क्षेत्र २ को प्रनिनिधिसभामा विरोध खतिवडालाई उम्मेदवार बनाउने भएको हो । प्रतिनिधिसभा क्षेत्र नम्बर २ बैठकले खतिवडालाई उम्मेदवार बनाउन पार्टी जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।

भदौ १० गते बस्ने पार्टी जिल्ला कमिटीको बैठकले खतिवडाको नाम प्रदेश कमिटीमा सिफारिस गर्ने एकीकृत समाजवादी मकवानपुरका सचिव विष्णु दाहालले जानकारी दिए । खतिवडा यस अघिलगातार ४ पटक चुनाव उठेर जितेका हुन् । खतिवडालाई फेरि पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवार बनाउने निर्णय भएको हो । खतिवडा २०४८, २०५१, २०५६ र २०७४ सालमा भएको निर्वाचनमा विजयी भएका थिए ।
यस्तै, समानुपातिकमा केदार न्यौपाने, राजाराम स्याङ्तान र मुनु सिग्देलको नाम सिफारिस गर्ने निर्णय गरेको छ भने राष्ट्रियसभामा ललित बस्नेतको नाम सिफारिस गर्ने निर्णय भएको पार्टीले जनाएको छ ।

यसैगरी प्रतिनिधिसभा २ को प्रदेश ‘क’ र ‘ख’ का लागि पनि उम्मेदवारको नाम पनि सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश ‘क’ को अध्यक्ष किरणमान बलको अध्यक्षतामा बसेको बैठकले प्रदेशसभा ‘क’ मा रामचन्द्र बललाई प्रत्यक्ष र समानुपातिक दुवै पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै, समानुपातिकमा बेगम बरालको नाम सिफारिस गर्ने निर्णय गरिएको छ । क्षेत्र नम्बर २ को प्रदेशसभाको ‘ख’ का अध्यक्ष टंक मोक्तानको अध्यक्षतामा बैठक बसेको हो ।

यस्तै, प्रदेशसभा ‘ख’ मा प्रत्यक्षमा भुमिनन्द अर्याल, समानुपातिकमा गोविन्दराम चेपाङ, कृष्णबहादुर चेपाङ, सूर्यमान चेपाङ ९कर्ण० र मनिला विष्टको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

चुनावमा पार्टीबाट उम्मेदवार हुनेको नाम यही १० भदौभित्र सिफारिस गर्नुपर्ने एकीकृत समाजवादीको केन्द्रीय सर्कुलर अनुसार मकवानपुरको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभाका लागि एक महिला सदस्यसहित पाँच र प्रदेशसभामा एक महिलासहित चारजनाको नाम सिफारिस गर्नुपर्ने सर्कुलर अनुसार पार्टीको बैठकले निर्णय गरेको बताइएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com