२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

दीपक र पुष्पा दुवै १३ औं दक्षिण एसियाली खेलकुद साग का पदक विजेता

काठमाडौं । नेपाल आर्मीका दीपक अधिकारी र एपीएफ क्लबकी पुष्पा भण्डारी दोश्रो किसुन जी स्मृति राष्ट्रिय खुला हाफ मयारथनमा शनिबार पहिलो भएका छन् ।

दुवै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन् । १३ औं सागमा दीपकले कांस्य तथा पुष्पाले रजत जितेका थिए ।

दीपकले निर्धारित दूरी तय गर्न १ घण्टा ५ मिनेट ३४ सेकेन्ड समय खर्चे । बाग्लुङका तीर्थकुमार पुन (१ घण्टा ६ मिनेट ५५ सेकेन्ड) दोश्रो तथा आर्मीका राजन रोकाया (१ घण्टा ८ मिनेट ४९ सेकेन्ड) तेश्रो भए ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ, बाग्मती प्रदेशद्वारा आयोजित प्रतियोगितामा पुष्पाले दौड सकाउन १ घण्टा २१ मिनेट ५० सेकेन्ड समय निकालिन् । एपीएफकै विन्द्रा धन्के श्रेष्ठ (१ घण्टा २७ मिनेट ४४ सेकेन्ड) दोश्रो तथा नेपाल प्रहरी क्लबकी रेखा विष्ट (१ घण्टा ४१ मिनेट १८ सेकेन्ड) तेश्रो बने ।

पुरुष÷महिला दुवैमा शीर्ष स्थान हात पार्नेले क्रमशः ५० हजार, ३० हजार र २० हजारका दरले नगद पुरस्कार हात पारे । विजेतालाई नेपाली कांग्रेसका नेता प्रकाशशरण महत, इन्द्र बानियाँ, आयोजकका अध्यक्ष दीपक गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दौड गोल्फुटारबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः गोल्फुटारमै आएर टुंगिएको थियो ।

समापनका अवसरमा तेक्वान्दोकी संगीना वैद्य, बक्सिङका मथुरादास नेवाः, भलिबलका भरत शाह, एथलेटिक्सकी राजकुमारी पाण्डे र खेल पत्रकार राजु सिलवाललाई नगदसहित प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com