२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

एसिया कप : नेपालले उपाधि दावेदार भारतको सामना गर्दै

काठमाडौँ- श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको दोस्रो खेलमा नेपालले आज (सोमबार) भारत ‘ए’ को सामना गर्दैछ ।

समूह ‘बी’ मा रहेका नेपाल र भारतबीचको खेल कोलम्बोस्थित आरपीएस क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो २:१५ बजेबाट सुरु हुनेछ ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ सँग ४ विकेटको पराजय भोगेको थियो । यता उपाधि दावेदार भारतले भने पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) ‘ए’ लाई ८ विकेटले हराएको थियो ।

पहिलो खेलमा पराजय भोगेका कारण सेमिफाइनलको सम्भावना कायमै राख्न नेपालले भारतविरुद्ध जित हात पार्नुपर्नेछ । आजको खेलमा पराजित भएको खण्डमा नेपाल समूह चरणबाटै बाहिरिनेछ ।

आज नै अर्को खेलमा पाकिस्तानले यूएईको सामना गर्नेछ । सेमिफाइनलको सम्भावना कायम राख्न यूएईले पनि पाकिस्तानलाई पराजित गर्नुपर्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com