२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Janasewa News

काठमाडौंको मौलिकतालाई पुनःजीवित गर्नुपर्छ : सोविता गौतम

काठमाडौंको मौलिकतालाई पुनःजीवित गर्नुपर्छ : सोविता गौतम

काठमाडौं । काठमाडौं क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतमले काठमाडौंको मौलिकतालाई पुनःजीवित गर्नुपर्ने बताएकी छन् । बिहीबार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य गौतमले काठमाडौं महानगरपालिकाले आफ्नो मौलिकता गुमाउँदै गइरहेको बताएकी छन् ।

उनले महानगरपालिकाले गुमाएको मौलिकतालाई पुनःजीवित गर्नुपर्ने बताइन् । यसको निम्ति आफूले सकेको भूमिका निभाउने उनको भनाइ छ । उनले भनिन्, ‘काठमाडौं महानगरपालिकाले कति कुराहरु कमाएको छ । कति कुराहरु गुमाएको छ । कति मौलिकताहरु गुमाएको छ । तर ति मौलिकताहरुलाई अब पुनःजीवित गर्नको निम्ति काठमाडौं महानगरपालिकाले हामीले देखिरहेका छौँ । विभिन्न प्रयासहरु गरिरहेको छ ।’

उनले फेरि भनिन्, ‘ति पुनःजीवित गर्ने प्रयासहरुमा तपाई हामी सबैजनाले आ–आफ्नो क्षेत्रबाट साथ पनि दिइरहेका छौँ । आगामी दिनबाट हाम्रो तर्फबाट र मेरो तर्फबाट व्यक्तिगत रुपमा मैले आफूले गर्नुपर्ने कुराहरुमा महानगरपालिका लगायत नेपाललाई नै एउटा गति दिनको निम्ति हाम्रो मौलिकतालाई एउटा पुर्नजिर्वित गर्नको निम्ति र मौलिकता सँगसँगै एउटा आधुनिक नेपाल विकसित गर्नको निम्ति हाम्रो जे जति भुमिका हुनसक्छ, मेरो जे जति भुमिका हुनसक्छ । त्यसमा म सकारात्मक छु भन्ने कुरा यहाँबाट व्यक्त गर्न चाहन्छु ।’

उनले देशलाई गति दिनका निम्ति महानगरपालिका सँगसँगै सिंगो देशकै मौलिकतालाई पुनःजीवित गर्नुपर्नेमा जोड दिइन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com