२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

न्यूज २४ कर्मीमाथि हातपात गर्ने म्यानपावरलाई कारबाही गर्न नएफपीजेको माग

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (नएफपीजे)ले न्यूज २४ कर्मी महेश्वस के।सी।माथि हातपात गर्ने म्यानपावरलाई तत्काल कारबाही गर्न माग गरेको छ ।

मंगलबार समाचार संकलनका लागि समाखुशीमा रहेको ट्रिपल स्टार म्यानपावर कार्यालय पुगेका के।सी।माथि म्यानपावरबाट खटिएका गुण्डाहरुले हातपात गर्नुको साथै के।सी।क्यामेरा समेत खोसेका थिए ।

उक्त घटनाको भत्सर्ना गर्दै नएफपीजेले घटनाको छानबिन गरि दोषीमाथि तत्कार कानुनी कारबाही र खोसिएको क्यमारा फिर्ता गर्न माग गरेको हो ।

एक विज्ञाप्ति जारी गर्दै एनएफपिजेले भनेको छ ‘ एनएफपिजेले फाटो पत्रकारलाई हतोत्साहित र त्रसित बनाउने यस्ता कार्यको कडा शब्दमा भर्त्सना गर्दछ । र, घटनाको छानबिन गरी दोषीमाथि तत्कार कानुनी कारबाही र खोसिएको क्यमारा फिर्ता गर्न माग गर्दछ ।’

स्वतन्त्रतापूर्वक सञ्चारकर्ममा जुटेका पत्रकारमाथि म्यानपावर कम्पनीले आफ्नो कुकित्य र अपराध ढाकछोप गर्ने नाममा पत्रकारमाथि दुर्व्यवहार, हातपातको प्रयास गर्दै सञ्चार उपकरण खोसी लैजाने कार्यको जति भत्सर्ना गरे पनि कम हुने एनएफपीजेको भनाइ छ ।

म्यानपावरको हर्कतले प्रेसको संवैधानिक अधिकार र स्वतन्त्रतामाथि हस्तक्षेप भएको राष्ट्रिय फोटो पत्रकार समूहको ठहर छ । ‘प्रेसको संवैधानिक अधिकारको सम्मान गरी पत्रकार फोटोपत्रकारलाई स्वतन्त्र, निर्वाध र सुरक्षित रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग राष्ट्रिय फोटो पत्रकार समुह जोडदार माग गर्दछ,’ जारी विज्ञाप्तिमा भनिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com