२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पार्टीको टिकट वितरणप्रति योगेश भट्टराईको असहमति

काठमाडौं,। नेकपा ( एमाले ) का उपमहासचिव योगेश भट्टराईले पार्टीको टिकट वितरणप्रति असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एमालेले टिकट वितरणका सन्दर्भमा गरेको निर्णयप्रति उनले असहमति जनाएका हुन् ।

शनिबार बसेको एमाले सचिवालय बैठकले १६५ मध्ये १४० क्षेत्रका उम्मेदवारको नाम टुङ्गो लगाएको थियो । उपमहासचिव भट्टराईले आज पार्टी कार्यालय पुगेर ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन् ।

उनले ४ वटा बुँदामा असहमति राखेको बताइएको छ । टिकट वितरणमा मापदण्ड नमिलेको, प्रतिनिधिसभा उम्मेदवारमा प्रतिस्पर्धाको बेलामा पक्षधरता देखिएको, कार्यकर्तामाथि अन्याय भएको र बाह्य चुनौतीलाई पनि ध्यान नदिइएको उनले नोट अफ डिसेन्टमा उल्लेख गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com