२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

अखिल क्रान्तिकारीको चुनाव लक्षित क्रान्तिकारी फोर्सु गठन हुँदै

अखिल क्रान्तिकारीको चुनाव लक्षित क्रान्तिकारी फोर्सु गठन हुँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले चुनाव लक्षित संरचना क्रान्तिकारी फोर्सु गठन गर्ने भएको छ ।

भदौ २२ गते बिहान १० बजे राष्ट्रिय सभागृहमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा उद्घाटन हुने कार्यक्रमको सम्पुर्ण तयारी पूरा भइसकेको अखिल (क्रान्तिकारी)का उपाध्यक्ष अमरजंग शाहीले जानकारी दिए ।

मंसिर ४ मा हुने संघीय र प्रदेशको निर्वाचन दौरानमा संगठनको परिचालनलाई देशव्यापी व्यवस्थित र प्रभावकारी बनाउन अखिल(क्रान्तिकारी) ले विशेष संरचना निर्माण गर्न लागेको हो । क्रान्तिकारी फोर्स अखिल (क्रान्तिकारी) केन्द्रिय समिति मातहत रहने र नयाँ संरचना हुने उपाध्यक्ष शाहीले जानकारी दिए ।

कार्यक्रममा अध्यक्ष पञ्चा सिंहसहित केन्द्रीय पदाधिकारीहरू, प्रदेश पदाधिकारीहरूसहित मुलुकभरका सबै तहका नेता कार्यकर्ताहरूको प्रतिनिधिमुलक सहभागीता रहने उपाध्यक्ष शाहीले जनाकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com