२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु सबै दलको जिम्मेवारी : प्रधानमन्त्री देउवा

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नु सबै दलको जिम्मेवारी भएको बताउनुभएको छ ।

चितवनमा सुरु भएको एमालेको १० औं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै उहाँले एमालेलाई महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय स्वाधीनताको सुनिश्चित गरी देशलाई समृद्ध बनाउन समान धारणा तय गर्न सबै दलबीच संवाद र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

‘कानुनी शासन, जनअधिकार, व्यक्तिगत स्वतन्त्रताको रक्षा गर्नुका साथै समृद्ध देश बनाउनका लागि सबै दलको सहयोग आवश्यक पर्छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले अध्यक्ष ओली र आफू ुजेलमेटु भएको बताउँदै त्यो बेला भोगेको दुःखलाई ध्यानमा राखेर अबका दिनमा कुनै नेपालीलाई दुःख नदिने गरी काम गर्नुपर्ने पनि बताउनुभयो ।

उहाँले सबै नागरिकलाई खोप पुर्‍याउन सरकार प्रतिबद्ध रहेको र नागरिकको जीवन रक्षाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com