२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

लोसपा नेता रोजशमान सिंहलाई पार्टीबाट निष्कासन

वीरगंज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पर्साले नेता रोजशमान सिंहलाई पार्टीबाट निष्कासन गरेको छ ।

लोसपा पर्साका जिल्ला अध्यक्ष पुरुषोत्तम लाल झाले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेता राजेशमान सिंहसहित प्रेम बाबु पटेललाई पार्टीबाट निष्कासन गरेको जानकारी दिएका छन् ।

पार्टी निर्माण भएदेखि सिंहलगायतका अन्य नेताहरु निष्क्रिय बनेको, पार्टीको अनुशासन, विचार र सिद्धान्त विपरित गतिविधिमा संलग्न रही मधेश आन्दोलन र अधिकार पहिचानको लडाई तथा संघर्षमा आघात पुर्याएकोले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यद्यपी नेता सिंह पार्टीबाट निष्कासन गर्नुको करण भने सिंहले एमाले प्रवेश गर्न लागेकोले हो । यसअघि बुधबार मात्रै नेता राजेशमान सिंहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोटमा पुगी आफू एमाले प्रवेश गर्न प्रतिबद्धता गरेका थिए । साथै यही फागुन १४ गते वीरगंजमा भव्य कार्यक्रमको आयोजना गरी पार्टी अध्यक्ष अ‍ोलीलाई बोलाएर पार्टी प्रवेश गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

नेता राजेशमान सिंह वीरगंजकै चर्चित युवा नेता भएको कारण लोसपाका युवा नेताहरुले पार्टी परित्याग गर्न सक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com