२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

घुससहित पक्राउ परेका देवाही गोनाहीका मेयर धरौटीमा रिहा

रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख (मेयर) धर्मेन्द्र प्रसाद पटेल आफ्ना सहयोगीसहित २३ औँ दिन धरौटीमा रिहा भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय काठमाडौँको विशेष अदालतमा सोमबार ४ लाख रुपैयाँ धरौटी बुझाएर मेयर पटेल र उनका सहयोगी अशोक पटेल रिहा भएका हुन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर पटेलविरुद्ध भ्रष्टाचारको कसुरमा आइतबार विशेषमा अदालतमा मुद्दा दर्ता गरेको थियो । विशेष अदालतमा मुद्दा दर्ता भएको भोलिपल्ट सोमबार माग अनुसारको ४ लाख रुपैयाँ धरौटी राखेर मेयर पटेल र उनका सहयोगी हिरासत मुक्त भएको जिल्ला समन्वय समिति रौतहटका उपसभापति रामवशिस्ट यादवले रातोपाटी लाई जानकारी दिएका छन् ।

मेयर पटेल,सहयोगी अशोक पटेल र २ जना नगरपालिकाका कर्मचारी गरी ४ जनालाई फागुन १५ गते हेटौडाबाट गएको अख्तियारको टोलीले दुई लाख ५० हजार नगद र सोही रकम बराबरको चेकसहित नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो । पक्राउ परेका ४ जना मध्ये देवाही गोनाही नगरपालिकाका २ जना कर्मचारी भने यस अघि नै छुटिसकेका थिए ।

अनुसन्धानका क्रममा मेयर पटेलले उपभोक्ता मार्फत भएको भवन निर्माण पश्चात् अन्तिम भुक्तानी दिन घुस मागेको पाइएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताएका थिए । तर मेयर पटेल तथा उनका पक्षधरहरूले उक्त आरोपको खण्डन गर्दै आएका छन् । सोमबार धरौटीमा रिहा भए पनि मुद्दाको प्रक्रिया अन्तिम फैसला नभएसम्म जारी रहने अख्तियारले जनाएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com