२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

आज कर्णालीमा प्रदेशसभा सदस्यहरूले शपथ लिँदै

आज कर्णालीमा प्रदेशसभा सदस्यहरूले शपथ लिँदै

सुर्खेत । कर्णालीका नवनियुक्त प्रदेशसभा सदस्यहरूले आज दिउँसो शपथ लिदैछन् । प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम कर्णाली प्रदेशसभाको सदस्य पदमा निर्वाचित ज्येष्ठ सदस्य विनोद कुमार शाहले शपथ खुवाउने छन् ।

प्रदेशसभा सदस्यहरूको शपथ आज दिउँसो ३ बजेको लागि तय गरिएको छ । त्यस अघि बिहान साढे ११ बजे शाहको शपथ प्रदेश प्रमुख तिलक परियारबाट हुने जनाइएको छ ।

शाह सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेलसम्म कार्यवाहक सभामुख भएर कार्यक्रमको अध्यक्षता ग्रहण गर्छन् । प्रदेशसभा सदस्यले निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्यको प्रमाण–पत्र (सक्कल र सोको प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवम् हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रतिसहित १ बजे प्रदेश सभाको कार्यालयमा उपस्थित हुनुपर्ने छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com