२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

प्रदेश-१ प्रदेशसभा सदस्यको शपथ पुस ११ गते

प्रदेश-१ प्रदेशसभा सदस्यको शपथ पुस ११ गते

विराटनगर । प्रदेश नम्बर–१ का नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहण यही पुस ११ गते गर्ने तय भएको छ । प्रदेशसभा सचिवालयले नेपाली कांग्रेसका नवनिर्वाचित प्रदेशसभा सदस्य गयानन्द मण्डलबाट बाँकी सदस्यलाई शपथग्रहण गराउन तयारी गरेको हो

ज्येष्ठ सदस्य मण्डलले सोही दिन दिउँसो साढे १२ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गर्ने तय छ । बाँकी सदस्यलाई प्रदेशसभामा शपथ गराउने तयारी गरिएको छ .

सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले सचिवालयले शपथग्रहणको सबै तयारी गरिसकेको जानकारी दिए । “प्रदेश प्रमुखबाट माननीय ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुख कार्यालयमा शपथग्रहण गराएपछि बाँकी सदस्यलाई प्रदेशसभामै गराउँछौँ,” उनले भने ।

निर्वाचन आयोगबाट प्राप्त प्रदेशसभा सदस्यको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालैको पासपोर्ट साइजको फोटो दुईप्रतिसहित निर्धारित समयभन्दा दुई घण्टाअगावै राष्ट्रिय पोसाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा उपस्थिति हुन सचिवालयले सूचित गरेको छ ।

कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरो आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (२) तथा प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ को दफा १९ बमोजिम तीन दिनअगावै प्रदेशसभा सचिवालयमा उपलब्ध गराउन आग्रह गरिएको पराजुलीले बताए ।

प्रदेश–१ मा प्रत्यक्षतर्फबाट ५६ र समानुपातिक निर्वाचन प्रणालीतर्फबाट ३७ गरी ९३ सदस्य निर्वाचित भएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com