२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफनो पार्टीबाट उम्मेदवार नहुने जानकारी दिए

काठमाडौँ- राष्ट्रियसभा उपाध्यक्ष चयनमा बिपक्षी दलहरुले साझा उम्मेदवार उठाउने बिषयमा छलफल जारी राखेका छन् । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको बैठकमा बैठकमा विपक्षी दलबाट साझा उम्मेदवार चयन गर्ने बिषयमा छलफल गरिरहेका हुन्

सो बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफनो पार्टीबाट उम्मेदवार नहुने जानकारी दिएका छन् । विपक्षी गठबन्धनबाट उठ्‌ने नेतालाई समर्थन गर्ने प्रतिवद्धता जनाएर बैठकबाट फर्केका छन् । उनी पार्टीले आयोजना गरेको द्धि दिवसीय बैठकमा सहभागी हुन हिँडेका छन् ।

कांग्रेसले भने यसअघि नै राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय लिइसकेको छ । जसको समर्थनका लागि विपक्षी दलका नेताहरूलाई बैठकमा बोलाएर धारणा मागेको हो ।

यद्धपी कांग्रेसले उम्मेदवार भने तोकेको छैन । निर्वाचन २३ माघमा हुँदैछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com