२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

अग्रता जोगाउन नसक्दा मनाङले हिमालयन शेर्पासँग अंक बाँड्यो

अग्रता जोगाउन नसक्दा मनाङले हिमालयन शेर्पासँग अंक बाँड्यो

२० फागुन, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले अग्रता जोगाउन नसक्दा शहीद स्मारक ए डिभिजन लिगको आफ्नो पहिलो खेलमा हिमालयन शेर्पासँग अंक बाँडेको छ ।

दशरथ रंगशालमा शनिवार साँझ भएको खेलमा मनाङ र हिमालयन शेर्पाले १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको १४औं मिनेटमा रोशन राना मगरको गोलमा मनाङले अग्रता लिएको थियो । तर अन्तिम पाँच मिनेट मनाङले अग्रता जोगाउन सकेन । हिमालयन शेर्पाका लागि सुरेश कुमालले ८५औं मिनेटमा बराबरी गोल फर्काएका हुन् ।

यसअघि शनिनबार भएको अन्य खेलमा एपीएफले थ्रीस्टारलाई २-० ले तथा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई २-१ ले हराएको छ ।

आइतबार एनआरटी र सातदोबाटो युथ क्लबबीच च्यासल मैदानमा साढे २ बजे खेल सुरु हुनेछ । त्रिभुवन आर्मी एफसी र संकटा क्लबबीच दशरथ रंगशालमा साढे २ बजे नै खेल सुरु हुनेछ ।

साविक विजेता मछिन्द्र एफसीले जावलाखेल युथ क्लबसँग दशरथ रंगशालमा साढे ५ बजे खेल्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com