१० दलीय गठबन्धनको बैठक निष्कर्षविहीन

१० दलीय गठबन्धनको बैठक निष्कर्षविहीन
काठमाडौं– १० दलीय गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धन निष्कर्षबिहीन टुंगिएको हो । बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको (माओवादी केन्द्र) का नेता शक्ति बस्नेतले बताए। उनले १० दलका बीचमा सकारात्मक रुपमा बैठक सकिएको र बिहीवार बसेर थप निर्णय गर्ने बताए ।
नेता बस्नेतले सरकार बिस्तार लगायतका विषयमा पनि बैठकमा छलफल भएको बताए ।



