ललितपुर महानगरको मेयरका उम्मेदवार चिरीबाबुविरुद्ध दाबी विरोध

ललितपुर महानगरको मेयरका उम्मेदवार चिरीबाबु विरुद्ध दाबी विरोध
काठमाडौँ । ललितपुर महानगरको प्रमुखमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका चिरिबाबु महर्जन विरुद्ध दाबीसहित उजुरी परेको छ । महानगरको निर्वाचन अधिकृतको कार्यालयमा उनी विरूद्ध परेको हो ।
महर्जनको कार्यकालमा महानगरपालिकाको बेरुजु महालेखा परीक्षकको प्रतिवेदनमै रहेको भन्दै उनको उम्मेदवारी रद्द हुनुपर्ने माग गोपाल डंगोलले गरेका छन् । उनले संस्थागत र व्यक्तिगत बेरुजुको प्रमाण समेत पेस गरेको जनाएका छन् ।
डंगोलले महर्जन मेयर हुँदा आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण समेत बाँकी रहेको उल्लेख गरेका छन् । उनले महर्जनले संस्थागत र व्यक्तिगत बेरुजु कुनै पनि फर्छयौट नगरेको दाबी गरेका छन् ।




