२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्री हेरफेरबारे छलफल हुने

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्री हेरफेरबारे छलफल हुने

काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । बैठक बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बस्ने छ । बैठकमा मन्त्री हेरफेरका विषयमा छलफल हुने माओवादीका एक नेताले जानकारी दिए ।

उनका अनुसार बैठकमा राष्ट्रिय जनमोर्चाबाहेक सबै दलका शीर्ष नेताहरू सहभागी हुनेछन् । एकीकृत समाजवादी पार्टीसँगै नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपामा पनि मन्त्री हेरफेरको दबाब बढेपछि यी दलहरूले पनि केही मन्त्री परिवर्तन गर्ने तयारी गरिरहेका छन् ।

अन्य पार्टीहरू पनि मन्त्रीहरू परिवर्तन गर्न इच्छुक भएकाले आफूहरू केही दिनअघि पर्खिरहेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बताएका थिए । उनले एकदुई दिनमै मन्त्रीहरू फेरिने पनि बताएका थिए ।

एसले जेठ २२ मै आफ्ना चारै मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरेको थियो । एसले मन्त्रीहरूले नाम टुंगो पनि लगाइसकेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com