२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

केपी ओली सरकारमा गएपछि मधेसको रूप बदलियो : शंकर पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेसको भाग्य निर्माण गर्ने पार्टी नेकपा एमाले भएको बताएका छन् ।

नेकपा एमाले रौतहटको प्रथम प्रतिनिधि परिषद् बैठकलाई बिहीबार गौरमा सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेले मधेस निर्माणको योजना अघि सारेको बताए ।

आफूलाई मधेसका मसिहा हौँ भनेर गफ दिनेहरूले मधेसका जनताको हितमा काम नगरेको पोखरेलले बताए । उनीहरूले मधेसका जनतालाई झुक्याउने र ठग्ने काम मात्र गरेका पोखरेलको भनाइ छ ।

तराईमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउन सुनकोसी-मरिण डाइभर्सन आयोजना केपी ओलीले सुरु गरेको उनले स्मरण गराए । त्यस्तै पूर्व-पश्चिम राजमार्ग, हुलाकी राजमार्ग विस्तार र स्तरोन्नतिको काम पनि नेकपा एमाले नेतृत्वको सरकारले नै गरेको पोखरेलले बताए । ‘एमाले नभएको भए कसैले सुनकोसी मरिण डाइभर्सनको योजना बनाउन सक्थ्यो ?’ पोखरेलले प्रश्न गरे ।

जसले जनताको भाग्य निर्माण गर्न सक्छ त्यो नै मधेसको मसिहा हुने उनले बताए । ‘एमालेले हुलाकी सडक बनायो, जसले मधेसका सदरमुकामको रूप-रङ बदल्यो, सुनकोसी-मरिण डाइभर्सन आयोजना अगाडि बढायो,’ उनले भने ।

पोखरेलले देश विकासका लागि केपी शर्मा ओली नै चाहिन्छ भन्ने कुरा पुष्टि भइसकेको बताए । एमाले र केपी ओली सरकारको नेतृत्वमा नहुँदा देश विकासको काम ठप्प भएको उनको भनाइ छ ।

पोखरेलले माधव नेपालले कैयौँ पटक जिते पनि रौतहट र मधेसको विकासमा ध्यान नदिइएको बताए । ‘माधव नेपाललाई हामीले पार्टीको प्रमुख बनायौँ, पटक पटक सरकारमा पठायौँ, उपप्रधानमन्त्री, प्रधानमन्त्री, पार्टी सरकारमा जाँदा हर्ताकर्ता भए पनि रौतहटको अवस्था बदलिएन,  रौतहटको, मधेसको अवस्था बदल्नका लागि यो पार्टीमा केपी ओलीको नेतृत्व चाहिने रहेछ भन्ने तपाईँहरूले अनुभूत गर्नुभएको छ, केपी ओली सरकारमा आएपछि मधेस बदलियो,’ महासचिव पोखरेलले भने ।

प्रधानमन्त्री बनेपछि भारतले भ्रमणको निम्तो दिएको बेला केपी ओलीले जनता नाकाबन्दीका कारण पीडामा भएका बेला म भारत आउँदिन भनेर भनेको महासचिव पोखरेलले स्मरण गरे । केपी ओलीको अडानकै कारण नाकाबन्दी अन्त्य भएको उनले बताए । यदि त्यस बेला अरू कोही भएको भए नाकाबन्दीविरुद्ध खडा हुनै नसक्ने समेत महासचिव पोखरेलले बताए ।

भारत भ्रमणका क्रममा मोदीले एक मिनेटमा सडक बन्ने लगायत कुरा सुनाउँदा त्यसको जवाफमा ओलीले त्यसो भए नेपालमा भारतका लगानीका हुलाकी राजमार्ग लगायत आयोजना किन समयमै सम्पन्न हुँदैनन् भन्ने प्रश्न उठाएको उनले बताए । केपी ओलीकै पहलमा हुलाकी राजमार्ग अगाडि बढाउने काम भएको महासचिव पोखरेलले स्मरण गरे ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com