२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

महिला प्रिमियर कप क्‍वार्टरफाइनल : कुवेतसँग खेल्दै नेपाल

काठमाडौँ- मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्‍वार्टरफाइनलका खेल आज हुँदैछन् ।

जसअनुसार क्‍वार्टरफाइनल खेलमा नेपालले आज कुवेतको सामना गर्दैछ । मलेसियाको वाईएसडी ओभल मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि सुरु हुनेछ ।

नेपाल समुह चरणमा अपराजित रहँदै समुह विजेता हुँदै क्‍वार्टरफाइनलमा पुगेको हो । नेपालले समुह चरणमा हङकङ र भुटानलाई ८–८ विकेटले र माल्दिभ्सलाई कीर्तिमानी २१४ रनले पराजित गरेको थियो ।

त्यसैगरी समुह चरणमा कुवेतले सिंगापुरलाई १० विकेटले र म्यान्मारलाई २७ रनले पराजित गरेको थियो भने थाइल्याण्डसँग ९६ रनले हार ब्यहोरेको थियो ।

आजै अन्य क्‍वार्टरफाइनलमा बिहान ११:१५ बजे मलेसिया र जापान खेल्दै छन् भने बिहान ७:१५ बजे हङकङ र थाइल्याण्ड तथा इन्डोनेसिया र युएई खेल्दैछन् ।

१६ देशले भाग लिएको महिला प्रिमियर कपमा नेपालसहित ८ देश थाइल्याण्ड, कुवेत, युएई, जापान, मलेसिया, इन्डोनेसिया र हङकङ क्‍वार्टरफाइनलमा पुगेका छन् । त्यसै गरी म्यान्मार, सिंगापुर, चीन, ओमान, कतार, बहराइन, भुटान र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com