२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

मितेरी सहकारीको रकम हिनामिनाबारे छानबिन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय छानबिन विशेष समितिले मितेरी बचत तथा ऋण सहकारीमा भएको रकम हिनामिनाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार सार्वजनिक प्रतिवेदन अनुसार बचकर्ताबाट संकलन भएको १२ करोड ४४ लाख बढी रकम तत्कालीन महाप्रवन्धक ज्योति गुरुङले हिनामिना गरेको सहकारीको आन्तरिक छानबिनबाट देखिएको छ । यो रकमको ब्याज समेत जोड्दा हाल १४ करोड ८१ लाख बराबर हुन्छ ।

संसदीय समितिले सहकारीका अध्यक्ष कुम्भराज गुरुङलाई बोलाएर सोधपुछ गरेको थियो । संसदीय समितिले यसबारे छानबिन गरी कारबाही अगाडि बढाउन समितिले निर्देशन दिएको छ ।

सहकारीको रकम हिनामिनामा मुछिएकी ज्योति गुरुङ, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी श्रीमती हुन् । यद्यपि उनीहरुबीच २०७६ फागुनमा सम्बन्ध विच्छेद गरेको कागजमा देखिन्छ ।

तर धनराज र ज्योति गुरुङ एकैसाथ बस्ने गरेको चर्चा भएको प्रतिवेदनमा उल्लेख गरेको छ । सहकारीका अध्यक्ष गुरुङले धनराज र ज्योति गुरुङको सम्बन्ध विच्छेद नभएको दाबी समितिमा गरेका थिए ।

शुक्रबार सार्वजनिक भएको समितिको पूर्ण प्रतिवेदनमा सहकारीकै कारण कतिपयले नक्कली विवाह समेत गर्ने गरेका चर्चा रहेको उल्लेख गरिएको छ । ‘मितेरी बचत तथा ऋण सहकारीमा कार्यरत ज्योती गुरुङ्गले पति धनराज गुरङ्गसँग सम्बन्ध बिच्छेद गरेर पनि एकसाथमै बस्ने गरेको चर्चा छ,’ प्रतिवेदनमा भनिएको छ ।

सहकारीको तर्फबाट धनराज र ज्योती गुरूङविरुद्द प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, हेटौडामा उजुरी परेको छ । उक्त उजुर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा आएको उल्लेख गर्दै समितिले थप अनुसन्धान छिटो गरी कानुनी कारबाही अगाडि बढाउन समिति निर्देशन दिइएको छ ।

ज्योती गुरुङ्गलाई खोजी गरी उपलब्ध गराइदिन गृह मन्त्रालयमा समितिले पत्राचार गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com