२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

परराष्ट्रमन्त्री राणा न्यूयोर्कमा

अमेरिका, ६ असोज। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री डा आरजु राणा देउवा शनिबार न्यूयोर्क आइपुगेकी छन् । स्थानीय समयअनुसार मध्याह्न क्यानाडाबाट उनी न्युयोर्क आएकी हुन् ।

मन्त्री राणालाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल, नियोगका कर्मचारी तथा स्थानीय सङ्घसंस्थाका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए । क्यानाडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी भएर उनी न्युयोर्क आएकी हुन् ।

मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्ने राष्ट्रसङ्घका विभिन्न फोरममा सहभागिता जनाउने कार्यक्रम छ । उनले मन्त्रीस्तरीय बैठकहरूमा सहभागिता जनाउने तथा विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका रहेको न्युयोर्कस्थित नेपाली नियोगले जानकारी दिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com