२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

अमेरिकामा ओली र मोदीको भेटवार्ता हुँदै

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ । उनीहरूबीच सोमबार बिहान करिब आधा घण्टा भेटवार्ता हुने तय भएको हो ।

ओली पछिल्लोपटक प्रधानमन्त्री भएयता पहिलोपटक मोदीलाई भेट्न लागेका हुन् । उनीहरूबीच द्विपक्षीय हितका विषयमा कुराकानी हुने बताइएको छ ।

ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेससँग भेटवार्ता गरेका छन् । ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसंघ भवनमा भेटवार्ता भएको हो ।

अमेरिकामा रहँदा ओलीले मोदीका साथसाथै दक्षिण एसियाका अन्य नेताहरूसँग पनि भेटवार्ता गर्ने भएका छन् । उनले बंगलादेश, पाकिस्थानका नेताहरूसँग अमेरिकामै भेटवार्ता गर्नेछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com