खोलाले बगाएर जापानमा २ नेपाली बालकको मृत्‍यु

खोलाले बगाएर जापानमा २ नेपाली बालकको मृत्‍यु

जापान । जापानको टोकियोमा खोलाले बगाएर २ बालकको मृत्‍यु भएको छ । खोलामा खेल्न गएका उनीहरूको हिजो साँझ मृत्‍यु भएको यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

खोलामा खेल्न गएका १३ र १४ बर्षका बालकहरू खोलाबाट नफर्केको भन्दै प्रहरीलाई खबर आएपछि उद्धार टोली पठाइएको थियो ।

करिब ४० मिनेट पछी उद्दार गरी अस्पताल पुर्‍याइएका उनीहरूको उपचारका क्रममा निधन भएको बताइएको छ ।

मृतक बालकहरूको नाम तथा पूर्णविवरण प्राप्त भइसकेको छैन ।

Leave a Comment

Your email address will not be published.

Get 30% off your first purchase

X
Scroll to Top
%d bloggers like this: