२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

प्रचण्ड जापान जाने भएपछि माओवादीका पूर्वनिर्धारित बैठक सरे

प्रचण्ड जापान जाने भएपछि माओवादीका पूर्वनिर्धारित बैठक सरे

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले प्रदेशका पूर्वनिर्धारित बैठकहरूको समय परिवर्तन गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले पूर्वनिर्धारित प्रदेशस्तरीय बैठकको समय परिवर्तन गरेको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल आगमी साउन २१ देखि २५ गतेसम्म जापान भ्रमणमा जाने भएका कारण बैठक सारिएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताए । आगामी साउन २१ गतेदेखि २५ गतेसम्म नेपाली जनप्रगतिशील मञ्चको निम्तोमा अध्यक्ष दाहाल जापान जान लागेको उनले बताए ।

प्रवक्ता महराले बैठकले प्रदेश १ को २६ गते, मधेस प्रदेशको बैठक २ गते, लुम्बिनी प्रदेशको २९ गते र सुदूरपश्चिमको बैठक ४ गते बस्ने जानकारी दिए । प्रवासको बैठक ६ गते, विशेष प्रदेशको बैठक ४ गते र सम्पर्क मञ्चको बैठक ८ गते बस्ने उनको भनाइ छ ।

पार्टी पदाधिकारीका बारेमा टुंगो लगाउन स्थायी कमिटीको बैठक साउन १५ गते बस्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com