२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा निर्वाचन सुरक्षाबारे छलफल

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा निर्वाचन सुरक्षाबारे छलफल

 

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचन सुरक्षाबारे छलफल भएको छ । बैठकमा यही वैशाख ३० मा हुन लागेको निर्वाचनको सुरक्षा प्रबन्धका लागि अहिलेसम्म भए गरेका कामको समीक्षा र आगामी योजनाबारे छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। बैठकमा निर्वाचनको प्रचारप्रसारका क्रममा हुन सक्ने घटनालाई मध्यनजर गर्दै त्यस्ता घटना हुन नदिनका लागि गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिइएको छ ।

बैठकमा मन्त्री खाणले अहिलेसम्म निर्वाचन सुरक्षाका लागि भए गरेका काम प्रशंसायोग्य रहेको भन्दै स्थानीय निर्वाचन शान्तिपूर्ण तरिकाले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मिलाउनुपर्ने सुरक्षा प्रबन्धमा कुनै कसुर बाँकी नराख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए।

उनले निर्वाचनमा आकस्मिकरूपमा र योजनाबद्ध झडपहरू पनि हुन सक्ने भन्दै त्यस विषयमा सचेत रहन र झडपबारे सूचना पाउने बित्तिकै सुरक्षा निकायले एक अर्काबीच समन्वयमा अगाडि बढ्न निर्देशन दिए। बैठकमा सोमबार मात्रै पदबहाली गरेका नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई समितिको नयाँ सदस्यका रूपमा स्वागत गरिएको थियो ।

बैठकमा गृह सचिव टेकनारायण पाण्डे, निमित्त रक्षासचिव यज्ञप्रसाद ढुङ्गेल, नेपाली सेनाका रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक सिंह, सशस्त्र प्रहरी महानिरीक्षक अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलको सहभागिता थियो ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com