नेपालको इतिहासमा सबैभन्दा ठूलो जनसभा गर्ने, शंकर पोखरेलको घोषणा

काठमाडौं, । नेकपा एमाले का महासचिव शंकर पोखरेलले आफ्नो दलले मंसिर २७ गते नेपालको इतिहासमा सबैभन्दा ठूलो जनसभा गर्ने घोषणा गरेका छन् । त्यो सभाले नेपाली जनता कसको साथमा छन् भनेर देखाउने उनको घोषणा छ । आज सोमबार पत्रकारहरुसँगको अन्तरक्रियामा पोखरेलले यस्तो बताएका हुन् ।
उनले भने,‘कात्तिक २२ गते देशभरि सबै वडामा जनभेला, २५ गते पालिकामा जनसभा, २९ मा जिल्लाहरूमा र काठमाडौँ उपत्यकामा मङ्सिर ६ गते सभा गर्दैछौँ, र मङ्सिर २७ गते नेपालको इतिहासमै सर्वाधिक ठुलो जनसभा काठमाडौँमा गर्नेछौँ । हामी देखाउन चाहन्छौ–जनता कसका साथमा छन् ।



