२०७९ जेष्ठ १५, आईतवार १३:०२ | अन्य मुख्य समचार राजनीति समाचार समाज
१५ औँ गणतन्त्र दिवस समारोह टुडिखेल
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत गणतन्त्र दिवस २०७९ को अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आईतबार टुडिखेलमा आयोजित समारोहमा सहभागी हुँदा ज्ञातअज्ञात सहिदप्रति मौनधारण गर्नुहुँदै ।गणतन्त्र दिवस समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र लेखिएको बाईनरसहित पुष्प वृष्टि गर्दै ।गणतन्त्र दिवस समारोहमा नेपाली सेनाका जवानहरु शान्तिका प्रतीक परेवा उडाउँदैराष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवस २०७९ समारोहमा नेपाली सेनाको टुकडीबाट सलामी ग्रहण गर्नुहुँदै ।गणतन्त्र दिवस समारोहमा तीनवटै सुरक्षाकर्मीद्वारा ब्याण्ड बाजासहित मार्चपास गरिँदै ।गणतन्त्र दिवस समारोहमा तीनवटै सुरक्षाकर्मीद्वारा ब्याण्ड बाजासहित मार्चपास गरिँदै ।
प्रधानमन्त्री शेरबहादुर देउवा गणतन्त्र दिवस २०७९ को अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आइतबार टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै ।