२०८२ चैत्र १ - Sun Mar, 2026 -

Janasewa News

अमेरिकाले सन्दीपलाई दियो भिसा

 काठमाडौं । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । क्रिकेट वर्ल्डकप लिग टू सिरिजका लागि उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

लिग टू अन्तरगत अमेरिका, स्कटल्याण्ड र नेपालको सिरिज अक्टोबर २५ देखि सुरु हुनेछ । नेपालले २७ अक्टोबरमा घरेलु टोली अमेरिकासँग खेल्ने तालिका छ ।

नेपाली टोलीका अरु सदस्य अमेरिकामै छन् । लिग टूको क्यानडा सिरिज खेलेर अरु खेलाडी अमेरिका गएका थिए । नेपाली टोलीले अमेरिकासँग टी–२० सिरिज खेलिरहेको छ ।

तर भिसा नपाएका कारण सन्दीप भने क्यानडाबाट नेपाल आएका थिए । भिसा पाएसँगै उनी आजै बेलुकी अमेरिका प्रस्थान गर्ने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

अमेरिकाले टी–२० विश्वकपका बेला समेत सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । त्यही कारण अमेरिकामा भएको विश्वकपका दुई खेल उनले गुमाएका थिए । तर बाँकी खेल खेल्न भने वेष्टइण्डिज पुगेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com