२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

नेपालको ब्लाइण्ड क्रिकेट विश्वकप यात्रा सेमिफाइनलमै टुङ्गियो

१६ मंसिर, काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालको यात्रा सेमिफाइनलमै टुङ्गिएको छ । पहिलोपटक सेमिफाइनलमा पुगेको नेपाल  पाकिस्तानसँग १० विकेटले पराजित भएको हो ।

नेपालले दिएको ९५ रनको लक्ष्य पाकिस्तानले ५.३ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो । पाकिस्तानका कमरान अख्तरले सर्वाधिक ६३ रन बनाए भने  बाबर अलीले ३२ रन बनाए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालका लागि दुर्गादत्त पौडेलले सर्वाधिक ४० रन बनाएका थिए । पाकिस्तानका मतिउल्लाहले ४ ओभरमा ५ रन दिएर ३ विकेट लिए ।

पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले त्यसपछि दुई खेल जितेको थियो भने अन्तिम खेलमा पाकिस्तानसँग नै १० विकेटले पराजित भएको थियो । हालसम्म अपराजित पाकिस्तान उपाधिको दाबेदार हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com