२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

आईसीसी विश्वकप ट्रफी नेपालमा आज सार्वजनिक गरिदै

आईसीसी विश्वकप ट्रफी नेपालमा आज सार्वजनिक गरिदै

जनसेवा न्युज डटकम संवाददाता

आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी आज सार्वजनिक गरिने भएको छ । विश्व भ्रमण अन्तर्गत सोमबार नेपाल आइपुगेको ट्रफी मंगलबार सगरमाथाको आधार शिविर र गोक्यो तालमा प्रदर्शनी गरिने तालिका रहेपनि खराव मौसमका कारण प्रदर्शनी रोकिएको थियो ।

आज ट्रफीलाई पुनस् सगरमाथा र गोक्यो पुर्याइने क्यानले जनाएको छ । अष्ट्रेलियामा आयोजना हुने विश्वकप क्रिकेटको ट्रफी सोमबार नेपाल आइपुगेको हो । ट्रफी बुधबार नै भक्तपुर दरबार स्क्वायरमा बिहान ११:३० बजेबाट प्रदर्शनीमा राखिने क्यानले जानकारी दिएको छ । आजै राष्ट्रपति तथा प्रधानमन्त्री कार्यलयमा समेत ट्रफी पुर्‍याइनेछ ।

टी-ट्वान्टी विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याइएको हो । विश्वकपको १०० दिने ट्रफी टुर अन्तर्गत ट्रफी नेपाल ल्याइएको हो । ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिँदैछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com