२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

विनोद भन्छन् कप्तानसँग कुनै विवाद छैन

जनसेवा न्युज संवाददाता

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र विनोद भण्डारीबीच मैदानमा हात मिलाउन खोज्दा मिलाउन नमानेको विषयमा सामाजिक सञ्जालमा चर्चा भयो । तर, सामाजिक सञ्जालमा चर्चा चलेजस्तो मैदानमा दुई खेलाडीबीच केही नभएको विनोद भण्डारी बताउँछन् । भिडियोलाई बङ्ग्याएर हालिएको उनले रातोपाटीसँग भने ।

सन्दीप र विनोदबीच मैदानमा भएको वास्तविकता विनोदले भने, ‘सन्दीपले ओभर सकिएपछि आफ्नो क्याप माग्नलाई हात अगाडि बढाएको र क्याप म सँग नभएर अर्को खेलाडीसँग थियो, त्यसैले मैले म सँग होइन भनेर आफ्नो पोजिसनमा जान लागेको हो अर्को पटक बलिङ चेन्ज गर्ने वा नगर्ने भन्ने विषयमा सल्लाह गर्न सन्दीप आएको र मैले यही ठिक हुँदैछ भन्दै आफ्नो पोजिसनमा फर्किएको हुँ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com