२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

कप डि फ्रान्स : पीएसजी अन्तिम १६ बाटै बाहिरियो साविक विजेता पेरिस सेन्ट जर्मेन

एजेन्सी । साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) कप डि फ्रान्सको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ । सोमबार राति भएको खेलमा पीएसजी निससँग टाइब्रेकरमा ६.५ ले पराजित हुँदै पिएसजी अन्तिम १६ बाटै बाहिरिएको हो ।

निर्धारित समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । पिएसजीले निर्धारित समयमा निसलाई लगातार दवावमा राखेपनि गोल गर्न सकेन । पीएसजीले ६९ प्रतिशत बल पोसेस राखेपनि निसको बलियो रक्षापङ्तिलाई तोड्न सकेन ।

टाइब्रेकरमा ७ जनाले पेनाल्टी प्रहार गर्दा निसका ६ जनाले गोल गरे भने पीएसजीका ५ जनाले मात्रै गोल गरे । निसका मोर्गान, जिन क्लेइर टोविडो, युसेफ एटल, एमिन गोइरी, इभान गेस्सान्ड र डान्टेले गोल गर्न सफल हुँदा एन्डी डेलोर्टले गोल गर्न सकेनन् ।

पिएसजीका लियोनेल मेस्सी, केलियन एमबाप्पे, जुलियन ड्राक्सलर, मार्को भेराट्टी र जुआन बर्नाटले गोल गरे । लियान्द्रो ड्यानियल पारेडेस र सातौंमा जाभी सिमोन्सले गोल गर्न सकेनन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com