नीलकण्ठका उपप्रमुखलाई ‘अम्बेडकर विशिष्ट समाजसेवा पुरस्कार’

धादिङको नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दीपक विश्वकर्मा भारतको नयाँ दिल्लीमा अम्बेडकर विशिष्ट समाजसेवा पुरस्कारबाट सम्मानित भएका छन्।
अन्तर्राष्ट्रिय दलित सम्मेलनबिच बाबु जगजीवनराम कला तथा साहित्य एकेडेमीले उपप्रमुख विश्वकर्मालाई ‘अम्बेडकर विशिष्ट समाजसेवा पुरस्कार’ प्रदान गरेको हो। कार्यक्रममा भाग लिन नेपालबाट विभिन्न क्षेत्रका काम गर्ने दलित अधिकारकर्मी, बुद्धिजीवी र समाजसेवीहरू पुगेका थिए।
दलित समुुदायको हक अधिकारका लागि पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उपमेयर विश्वकर्मालाई सो पुरस्कार प्रदान गरिएको हो। विश्वकर्मा २०७९ सालको स्थानीय तह निर्वाचनबाट नीलकण्ठ नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका थिए। शान्त, शालिन र समाज परिवर्तनको हुटहुटी बोकेका उनले नगरपालिकामा उल्लेखनीय काम गर्दै आएका छन्। दलित हक अधिकारदेखि सामाजिक रूपान्तरणमा उनी विश्वासिलो पात्र बनेका छन्।
निर्वाचित भएपछि नगरपालिकाभित्र निःशुल्क शिक्षाको कार्यान्वयन, दलित र विपन्नलाई छात्रवृत्तिको व्यवस्था, विकास निर्माणको प्रभावकारितालगायतका क्षेत्रमा गरेको कामले यो पुरस्कार दिलाएको नगर उपप्रमुख विश्वकर्मा बताउँछन्। ‘पालिकाभित्रका दलित विद्यार्थीहरूलाई एमबिबिएस पढ्न कम्तीमा १ लाखलगायत अन्य विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रमहरू पनि चलिरहेको छ। निःशुल्क तथा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छौँ। चुनावी मैदानमा जाँदा गरेका प्रतिबद्धताहरू पूरा गर्दै आएका छौँ,’ उनले भने, ‘समृद्ध नगर बनाउन सबैको साथले सम्भव बनेको हो। यो पुरस्कार सिंगो नगरपालिकाको हो। यसले नीलकण्ठ नगरपालिकाको पहिचान स्थापितसँगै आगामी दिनमा अझै राम्रा कामका लागि हौसल र चुनौती थपिएको छ।’
आयोजक एकेडेमीका संरक्षक तथा भारतको लोकसभाकी पूर्वअध्यक्ष मेइरा कुमारले पुरस्कार प्रदान गरेकी थिइन्। मेइरा जगजीवनरामकी छोरी हुन्। जगजीवनराम तत्कालीन स्वतन्त्र भारत संघर्षको नेतृत्वकर्तामध्येका एक हुन्। संविधान निर्माणपछि त्यसले व्यवस्था गरेको दलितको हक अधिकार कार्यान्वयनका लागि उनको महत्त्वपूर्ण योगदान थियो।
उनकै सम्झनामा भारतको संविधान निर्माता डाक्टर भीमराव अम्बेडकरको नाममा एकेडेमीले पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ।
उपमेयर विश्वकर्माले अन्तराष्ट्रिय दलित सम्मेलन
डा भिम रावशसक्तिकरण भइसकेपछि धादिङ बेसीमा नीलकण्ठ बहु प्राविधिक शिक्षालय स्थापनामा पहल तथा नेतृत्व, युवाहरुलाई करियर गाइडेन्स, युवा सिप तालिम तथा रोजगारको लागि स्थानीय तहका भुमिका लगायत दलित अधिकारका लागि संघर्ष ,
संविधानमा उच्च शिक्षा लगायत छात्रवृत्ति सहित निशुल्क शिक्षाको लागि दलित, गरिव विपन्नका लागि संघर्ष र नेतृत्वदायी भुमिका ,
संविधान जारि पश्चात् माध्यमिक शिक्षा सम्म -स्थानीय सरकारको जिम्मेवारीमा रहे पछि स्थानीय सरकार समक्ष दलित गरिव विपन्नलाई छात्रवृत्ति सहित निशुल्क शिक्षाको लागि पहल गर्न संघर्षमा नेतृत्वदायी भुमिका,
• २०७९ मा उप प्रमुख निर्वाचित पश्चात् आफुले उठाएको मुद्दालाई, आफ्नो पालिकामा नि: शुल्क शिक्षाको कार्यन्वयन,
दलित गरिव विपन्नलाई छात्रवृत्तिमा प्रदान गरिएको , एम बि बि एस , पढ्न कम्तिमा रु १ लाख छात्रवृत्ति प्रदान,
• दलित रणनीति योजना ,
• दलित शसक्तिकरण ऐन बनाउन पहल ,
• स्थानीय सरकारलाई,दलित मैत्री निति योजना र कार्यक्रमका लागि साथै भएका असल अभ्यासको आदानप्रदानका लागि स्थानीय तहका दलित जनप्रतिनिधिहरुको लाई संगठित साथै अभियान सञ्चालन गर्ने कार्य ,
• स्थानीय तह दलित जनप्रतिनिधि राष्ट्रिय संघ, गठन गर्ने कार्यमा अहम भुमिका,
०६५ सालमा कर्णेश्वर माध्यामिक विद्यालयमा अध्यक्ष भइ जिल्लामा पहिलो सरकारी प्राविधिक शिक्षालयको स्थापना लगायतका महत्त्वपूर्ण योगदान गरेका थिए ।



