२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

खुट्टा ढोगेको तस्वीर भाइरल भएपछि उम्मेदवार खनालले के भने ?

खुट्टा ढोगेको तस्वीर भाइरल भएपछि उम्मेदवार खनालले के भने ?

 

सिन्धुपाल्चोक। चुनावी अभियानका क्रममा ‘मतदाताको खुट्टा ढोगेर दाम चढाएको’ तस्वीर भाइरल भएपछि मेलम्चीको वडा नं. १० का उम्मेदवार अमृत खनालले आफ्नो बचाउ गरेका छन् । खनाल नेपाली कांग्रेसबाट उक्त वडाका वडाध्यक्ष पदका उम्मेदवार हुन् ।

उनले चुनावी प्रचार प्रसार गर्न घरदैलो जाने क्रममा आफ्नी फुपूको घरमा पुगेर फुपुको खुट्टा ढोगेको भन्दै बचाउ गरेका हुन् । चुनावी प्रचारका क्रममा खुट्टा ढोगेको र पैसा पाउमा चढाएको उनी आफैले स्वीकार गरेका छन्, चाहे फुपुको भनेर बचाउ गरे पनि ।

सामाजिक सञ्जाल र मिडियामार्फत उनको खुट्टा ढोगिरहेको तस्वीर भाइरल भएको थियो । त्यसपछि उनले आफ्नो फेसबुकमार्फत स्पष्टीकरण दिएका हुन् । उनले फुपूको खुट्टा ढोगे पनि फुपू स्वयं मतदाता हुन्, चुनावको मुखमा यसले राम्रो सन्देश जान्न भन्ने कुरा भने उनले हेक्का राख्न सकेनन् । स्थानीयले भने अरू मतदाताहरूलाइ पनि पैसा चढाउँदै भोट मागिरहेको बताएका थिए ।

उनले भनेका छन्, ‘म मेलम्ची वडा नं. १० का कांग्रेस पार्टीबाट उम्मेदवारको रुपमा चुनाव अभियानसहित घरदैलो कार्यक्रमा फुपूको घर पुग्दा आशिर्वाद लिएको हुँ । फुपूले आशिर्वाद दिएपछि मेरो परम्परा अनुसार खुट्टा ढोग्दै दिदीलाई दक्षीणा दिनु गलत हो ?

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com