२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले यही माघ १८ गते अधिवेशन आह्वान गरेका हुन् ।

यसअघि सोमबार मन्त्रिपरिषद् १८ गते बैठकले बोलाउने निर्णय गर्दै अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो ।

संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । लामो समयदेखि संसद् नचल्दा सरकारको विरोधसमेत भएको थियो । यसबीचमा सरकारले केही अध्यादेशसमेत ल्याएको थियो ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com