२०८३ जेष्ठ २३ - Sat Jun, 2026 -

Janasewa News

संवैधानिक राजालाई श्रृंगारको रुपमा मानौँ- राणा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणाले बहुदलीय प्रजातन्त्रमा संवैधानिक राजालाई श्रृंगारको रुपमा राख्नुपर्ने बताएका छन् ।

आइतबार त्रिभुवन विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै राणाले मुलुकमा बहुदलीय प्रजातन्त्र मुलुकका लागि अपरिहार्य भएकाले बहुदलीय प्रजातन्त्र कायम राख्दै श्रृंगारको रुपमा संवैधानिक राजालाई राख्नुपर्ने बताएका हुन् ।

बहुदलीय प्रजातन्त्र मुलुकका लागि अमूल्य व्यवस्था भएकाले यसको बिकल्प नरहेको उनको भनाइ छ । उनले देश र जनताको शासन जनताले चूनेका प्रतिनिधिले नै गर्नुपर्ने धारणा राखे ।

जनप्रतिनिधिले शासन चलाउँदा गौरवका लागि भएपनि राजा आवश्यक रहेको उनको भनाइ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com