देउवा समूहले भन्यो स् महाधिवेशनमा सिटौला समूहसँग सहकार्य हुनेमा ढुक्क छौँ

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहले पार्टीको १४औँ महाधिवेशनमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहसँग सहकार्य हुनेमा ढुक्क रहेको बताएको छ । सभापति देउवाको निवास बुढानीलकण्ठमा उम्मेदवार छनोटलगायतको बैठक चलिरहेको छ ।

‘आज सभापतिले महाधिवेशन केन्द्रित छलफल गरिरहनु भएको छ । लामो समयदेखि कृष्णप्रसाद सिटौलासँग पनि छलफल चलिरहेकोले महाधिवेशनमा उहाँसँग सहकार्य हुनेमा विश्वस्त छौँ । सिटौलाले पनि सकरात्मक संकेत गर्नु भएको छ’ नेता मीन विश्वकर्माले भने । जिल्ला तथा प्रदेशको अधिवेशनमा पनि देउवा र सिटौला समूहले एकअर्को समूहलाई सहयोग गरेका थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: