नागढुंगामा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगामा माइक्रोबस दुर्घटना भएको छ ।
दुर्घटनामा परेर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंमा एसपी अपिल बोहराले रातोपाटीलाई बताए । मृत्यु हुनेमा करिब २६ वर्षीया सविना गुरुङ छिन् ।
चितवनबाट काठमाडौं आएको ग.१ ख ५५४६ नम्बरको माइक्रोबस रोकेको ठाउँमा आफैं अनियन्त्रित भएर दुर्घटना भएको एसपी बोहराले जानकारी दिए । दुर्घटनामा परेर ९ जना घाइते भएका छन् ।



