२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

पहिचान नखुलेका शव र हराएका व्यक्तिको विवरण राखिएको वेबसाइट उद्घाटन

काठमाडौँ- नेपाल प्रहरीले पहिचान नखुलेका शव र हराएका व्यक्तिको विवरण राखिएको वेबसाइट उद्घाटन गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण राखिएको वेवसाइट udb.nepalpolice.gov.np को आज उद्घाटन गरेका हुन् ।

कार्यक्रममा उनले निर्माण भएको वेबसाइटको सुरक्षाको साथसाथै नागरिक एपमा जोड्न सके अझै प्रभावकारी हुने बताए । उनले वेबसाइटलाई कुनै पनि समस्या नआउने गरी प्रभावकारीरूपमा सञ्चालन गर्दै धेरैभन्दा धेरै सरोकारवाला व्यक्तिको पहुँचमा पुर्याई बढीभन्दा बढी पहिचान नखुलेका शव तथा हराएका व्यक्तिको सनाखत गर्न सहज र सक्षम हुने विश्वास व्यक्त गरे ।

नागरिकस्तर र यससँग सम्बन्धित सरोकारवाला पक्षको सहयोग लिँदै प्रारम्भिक रूपमै शवको सनाखत हुने वातारण सिर्जना गर्ने र त्यस्ता किसिमका विवरण सङ्कलन गरेर वेबसाइटमा राख्ने विषयमा सम्बन्धित विभागले नियमित रूपमा अनुगमन गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा वेबपेज निर्माण गर्ने कम्पनी योङ्गमाइन्ड्स क्रियसन प्रालिका प्रबन्ध निर्देशक डा श्रीधर मरासैनीले वेबसाइटको प्रयोगको प्रभावकारिता र विशेषताका बारेमा जानकारी दिएका थिए ।

दुर्घटना, प्राकृतिक विपद् वा अन्य कारणबाट मृत्यु भई पहिचान हुन नसकेका वा हकवाला वा आफन्तले फेला पार्न नसकी बेवारिसे शवको उचित रूपमा व्यवस्थापन गर्ने उद्देश्यले त्यस्ता शवको विस्तृत विवरणसहित छुट्टै वेबपेज निर्माण गर्ने राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयबमोजिम वेबसाइट निर्माण गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com